घुस खाने ठूला माछा समात्ने अभियान चलाउनु पर्छ : रबि लामिछाने

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार ०९:२२

हेटौंडा । भर्खर स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले घुस खाने ठूला कर्मचारी समात्न अभियान नै सन्चालन गर्नुपर्ने बताएका छन् । अहिलेको अवस्थामा ठूल्ठूला कर्मचारीले तल्लो तहका कर्मचारीलाई परिचालन गरी घुस खाने प्रणाली बलियो बनाएकोले ठुला भनौदा माथिल्लो तहका कर्मचारीलाई समात्नु पर्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेश स्तरीय भेलालाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै लामिछानेले बाध्य भएर पाँच\दश हजार घुस खानेलाई समात्ने गरिएको सप्रमाण आफुले टेलिभिजन मार्फत देखाएता पनि ठुला माछा वा माथिल्लो तह सम्म जालो रहेकोलाई भने समात्न अब आफुले अभियाननै चलाउने बताएका छन् ।

हेटौंडामा आयोजित भेलामा उनले उद्योग कलकारखाना चलाउन राजनितिक दलको आडमा नभई नहुने अवस्था रहेको बेला अब त्यस्तो अवस्था नल्याउन आफु लाग्ने बताए । उनले हेटौंडा सिमेन्ट उद्योग र हेटौंडा कपडा उद्योग बन्द गर्नेको हरहिसाब माग्ने र जनताको पैसामा हालीमुहाली गर्ने सुरुङमार्गका व्यवसायीहरुको पनि हिसाब गरिने बताए ।

उनले प्रदेश सरकार दलका कार्यकर्ता भर्ति गर्न र पाल्नको लागि भएको बताउदैं प्रदेश सरकारको उल्लेख्य काम नभएको नभएको बताए । उनले देशमा परिवर्तन ल्याउन सहि नेतृत्व चुन्न आगामी चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन आग्रह समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*