राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लामा राजकुमार र नगरमा सन्तोष न्यौपाने चयन

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार ०९:३३

हेटौँडा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको मकवानपुर सभापतिमा राजकुमार न्यौपाने चयन भएका छन् । आज हेटौँडामा भएको बागमती प्रदेश भेलाले न्यौपानेलाई सभापतिमा चयन गरेको हो । सचिवमा रामचन्द्र आचार्य चयन भएका छन् ।

न्यौपाने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।

यसैगरी भेलाले हेटौँडा उपमहानगरपालिका सभापतिमा सन्तोष न्यौपानेलाई चयन गरेको छ ।

भ्रष्ट्राचारमुक्त समाज स्थापनाको लागि आफुहरु राजनीतिमा होमिएको उनिहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*