सलमानलाई अमेरिकामा छुरा प्रहार

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार ०९:५६

न्युयोर्क । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सहभागी प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि धारिलो हतियारबाट आक्रमण भएको छ ।

एउटा कार्यक्रममा वत्ताको रुपमा सहभागी रुस्दीलाई मन्च बोल्ने बेलामा अचानक एक व्यक्तिले आएर घुस्साले हानेको र लगत्तै घाँटीमा छुराले प्रहार गरेको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते ७५ वर्षीय रुस्दी भुईंमा ढलेका थिए ।

सहभागीले आक्रमण गर्ने व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएका छन् । ती व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणबाट घाइते रुस्दीलाई हेलिकोप्टरबाट तुरुन्तै नजिकैको अस्पताल लगिएको छ । उनको स्वास्थ्य अवस्था बारे केही खुलाइएको छैन् ।

भारतीय मुलका रुस्दीले १९८८ मा लेखेको द सटानिक भर्सेज पुस्तकका कारण उनी भूमिगत नै बस्नु परेको थियो । पुस्तकले धर्मको अनादर गरेको भन्दै इरानका तत्कालिन सर्वाेच्च नेता आयोतोल्ला खोमिनीले फतवा जारी गर्दै उनको टाउकोको मूल्य ३० लाख डलर तोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*