रास्ट्रपति भवन अगाडि आत्मदाह प्रयास गरेकी निहारिका अस्पताल भर्ना

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार १०:३८

काठमाडौँ । राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी महोत्तरीकी निहारिका राजपुतकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ ।

आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले शुक्रबार दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी थिइन् । उनले शरीरमा पेट्रोल छर्केको देखेपछि तत्कालै प्रहरीको टोलीले नियन्त्रणमा लिएका कारण उनको ज्यान बचेको थियो ।

नियन्त्रणमा लिएपछि प्रहरी वृत्त महाराजगञ्जबाट स्वास्थ्य जाँचका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्य जाँचपछि निहारिकालाई अस्पताल भर्ना गरिएको महाराजगञ्ज वृत्तकाडीएसपी अंगुर जिसीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*