भारतलाई हराउँदै नेपाली महिला टोली साफ फुटबलको फाइनलमा

निरन्तर न्यूज
१ आश्विन २०७९, शनिबार ०५:५४

काठमाडौं । छैटौँ साफ महिला फुटबल च्याम्पियनसिफको फाइनलमा नेपाल प्रवेश गरेको छ । शुक्रबार साँझ दशरथ रंगशालमा भएको सेमिफाइनल खेलमा भारतलाई १–० गोलले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले गोल गरेकी हुन् । तामाङले नेपालका लागि पहलो हाफको इन्ज्युरी टाइममा गोल गरेकी थिइन् । अब नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*