नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिप बिजेता बन्याे ब‌गलादेश

निरन्तर न्यूज
३ आश्विन २०७९, सोमबार १९:२६

काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३–१ गोल गरेको थियो। खेलको ७०औँ मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरेकी थिइन्। त्यसको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल गरेको थपेको थियो।

यसअघि नै बंगलादेशका साम समुन्नहरले १३औँ र ४२औँ मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेका थिए। नेपाल यसअघि पाँचौँ पटक फाइनल पुगेको थियो भने बंगलादेश दुई पटक फाइनल पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*