मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

निरन्तर न्यूज
५ आश्विन २०७९, बुधबार २०:२०

काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको जानकारी दिएको छ ।

यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।

आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*