राष्ट्रपतिको कदमप्रति आजदेखि विरोधमा उत्रिँदै संयुक्त विद्यार्थी संगठन

निरन्तर न्यूज
६ आश्विन २०७९, बिहीबार ०८:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले विरोधका कार्यक्रम घोषणा गरेका छन्। जस अन्तर्गत आज असोज ६ गते देशभरका सम्पूर्ण जिल्लामा संयुक्त विरोध प्रदर्शन गर्ने, ६ गते नै माइतीघर मण्डलामा बिहान ९ बजे कार्टुन प्रदर्शनी तथा संयुक्त विरोध प्रदर्शन गर्ने भएको छ । त्यस्तै असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गरिने जनाइएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा विरोधको कार्यक्रम घोषणा गरेका हुन्।

राष्ट्रपतिले कुनै दलको स्वार्थ र इशारामा नागरिकता विधेयकलाई प्रमाणीकरण नगरी विफल बनाएको उनीहरुको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*