मकवानपुरको भिमफेदिमा दुर्घटना, ७ जनाको मृत्यु
हेटौंडा। हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा यात्रु बाहक बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा ७ जनाको ज्यान गएको हो।
घटनास्थलमा ६ जना र भिमफेदी स्वास्थ्य चौकीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त बस दुर्घटनाग्रस्त हुदा काठमाडौं जाँदै गरेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको जनाइएको छ। दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइते हुनेमा २३ पुरुष ३ महिला र २ बच्चा रहेका छन् ।
घाइते भएको घटनास्थलमा ईलाका प्रहरी कार्यालय भिमफेदि र स्थानीयले उद्वार गरेर अधिकांशलाई हेटौंडा अस्पताल ल्याईएको छ ।
२३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार भैरहेको छ । ३ जनाको उपचारको लागि भरतपुर पठाईएको छ । हेटौंडा अस्पतालमा प्रहरी निरीक्षक चुडा खड्का तथा अस्पतालका सम्पुर्ण युनिट, एस फाइभको टोलीले सहयोग गरिरहेको छ ।