जिप दुर्घटनामा ८ जनाकाे मृत्यु

निरन्तर न्यूज
१२ आश्विन २०७९, बुधबार ०८:१३

सल्यान । सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । गाडी सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*