झापा-५ मा ओलीको फराकिलो अग्रता कायम
निरन्तर न्यूज
५ मंसिर २०७९, सोमबार १८:२०

झापा । झापा निर्वाचन क्षेत्रनम्बर–५ बाट उम्मेदवार बनेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रारम्भिक गणनामा फराकिलो अग्रता लिएका छन् ।
अहिलेसम्म ६ हजार २१५ मत गणना हुँदा ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन् ।