चिया बगानमा एक युवक र युवती मृत फेला

निरन्तर न्यूज
१० माघ २०७९, मंगलवार १५:१६

झापा । झापाको एक चिया बगानमा एक युवक र एक युवती मृत फेला परेका छन् । झापाको कचनकवल गाउँपालिका–४ केचनास्थित एभरेष्ट चिया बगानमा मंगलबार बिहान उनीहरू मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिएका छन् । प्रहरीकाअनुसार दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृत भेटिनेमा कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाका राजेशकुमार गणेश र सोही ठाउँकी पवित्रा राजवंशी छन् । युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*