बागमती प्रदेशमा भोली सम्म मन्त्रिपरिषद् विस्तार हुने

निरन्तर न्यूज
१० माघ २०७९, मंगलवार १५:३३

हेटौंडा । बागमती प्रदेशमा भोली सम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मन्त्रालयको सख्या टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री जम्मकट्टेल लाग्नु भएको छ । मन्त्रालयहरुको भागवण्डा पनि टुङ्गो लागिसकेको र अब मन्त्रिपरिषद् विस्ता गर्ने तयारी थालिएको हो ।

भोली बेलुका सम्ममा मन्त्रिपरिषद् विस्तार हुने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता जगन्नाथ थपलियाले संकेत गर्नुभयो । सरकारमा सहभागि हुने दलहरुका नेताहरु सहित केन्द्रका शिर्ष नेताहरुसंग मन्त्रालय र मन्त्रीको भागवण्डा टुङ्गो लागेपछी अब भने मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालमा राज्यमन्त्री नियुक्त नगरिने बताउनु भएको छ । आज मन्त्रालय संख्या निर्धारण गर्न बनेको कार्यदलको प्रतिवेदन बुझ्दै उहाँले राज्यमन्त्र नबनाउने बताउनुभयो ।

विगतमा १४ वटा मन्त्रालय र १८ जना मन्त्री बनाउँदा धेरै आलोचना भएको स्मरण गर्दै मुख्यमन्त्री जम्कट्टेलले ११ जना मन्त्री मात्रै नियुक्त हुने जानकारी दिनुभयो । बुधबार गठबन्धनभित्र भागवण्डा टुंगो लगाएर मन्त्रिपरिषद् विस्तारको योजना बनाउनु भएको हो । जम्कट्टेलले भागवण्डाका सम्बन्धमा दलहरूसँग अनौपचारिक छलफल भएको बताउनुभयो । जनपत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*