हेटौंडा उपमहानगरपालिकाले करारका ७१ जना कर्मचारी हटायो

निरन्तर न्यूज
१८ माघ २०७९, बुधबार १७:३५

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर यतीका धेरै कर्मचारी एकै पटक हटाइएको हो ।

मेयर र उपमेयरको तोक आदेशमा जागिर खाएका ७१ जना कर्मचारीलाई हटाइएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले वताउनुभयो । उपमहानगरपालिकामा चौथो तह, पाँचौ तह र छैटो तह सम्मका ७१ जना कर्मचारी हटाएको हो । उपमहानगरपालिकामा कार्यरत कम्प्युटर अप्रेटर, स्वास्थ्य, प्रशासन, प्रावित्रिक कर्मचारी हटाइएको प्रवक्ता न्यौपानेले वताउनुभयो । परिक्षाको सामान्य प्रक्रिया पनि पुरा नगरीकन तोक आदेशका भरमा जागिर खाएकाहरुलाई हटाइएको उहाँले वताउनुभयो ।

उपमहानगरपालिकामा लामो समयदेखि काम गर्ने कर्मचारी देखि भर्खर नियुक्त भएका कर्मचारीहरु समेतलाई हटाइएको हो । साउन देखि पुस मसान्त सम्मका लागि करार गरिएका कर्मचारीको म्याद नथपिएको उपमहानगरपालिकाले जनाएको छ । जनपत्रबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*