बागमतीमा ६ मन्त्री थपिए, सरकारले पायो पूर्णता

हेटौंडा । बागमती प्रदेशमा थप छ जना मन्त्रिको सपथग्रहण भएको छ । बागमती प्रदेशका प्रमुख यादब चन्द्र शर्माले नब नियुक्त छ जना मन्त्रिहरुलाई सपथग्रहण गराउनु भएको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नियुक्त गरेका छ जना मन्त्रिहरुलाई प्रदेश प्मुखले सपथग्रहण गराउनुभयो । लामो समय देखि मन्त्रिपरिषद्दे पूर्णता नपाउँदा प्रदेश सरकारको काममा बाधा पुगेको थियो । आज मन्त्रिपरिषद्ले पूर्णता पाएसंगै अब भने कामले गति लिने भएको छ ।
प्रदेश प्रमुखले आज एक जना बिना विभागियसहित ६ मन्त्रीलाई सपथग्रहण गराउनुभयो । आज कांग्रेसका रामकृष्ण चित्रकारलाई बिना विभागीय मन्त्रीका रुपमा सपथग्रहण गरिएको छ ।
यस्तै उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय, पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र मसिना खड्कालाई वन तथा वातावरण मन्त्रिका रुपमा सपथग्रहण गर्नु भएको छ । त्यस्तै एकीकृत समाजवादीका लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र डा राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी विकास मन्त्रिका रुपमा सपथग्रहण गर्नु भएको हो ।