कोशीका मुख्यमन्त्री कार्कीलाई माओवादीले विश्वासको मत दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।
सोमबार बसेको माओवादी केन्द्र प्रदेश सचिवालय बैठकले पार्टी केन्द्रीय कमिटीको सहमति लिएर विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिँदैछन् ।
नेकपा एमालेका ३९ र नेपाली कांग्रेस विद्रोही समूहका ८ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनले एमालेलाई समेटेर तीन सदस्यीय मन्त्रिपरिषद बनाएका छन् ।