जाजरकोट भुकम्पपछि ४ सय ३९ वटा पराकम्प

निरन्तर न्यूज
२१ कार्तिक २०८०, मंगलवार ११:५१

जाजरकोट । गत शुक्रबार गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्प पछि जाजरकोटमा लगातार परकम्पहरू गइरहेका छन् । मंगलबार बिहानसम्म कूल परकम्पको सङ्ख्या ४ सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ थप ५७ वटा सानाठुला परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

सबै परकम्पको केन्द्रबिन्दु रामिडाँडा आसपास रहेको छ । सोमबार अपराह्न ४ बजेर ३१ मिनेट जाँदा ५.८ म्याग्निच्युडको सबैभन्दा ठुलो परकम्प गएको थियो । त्यसमा केही घर भत्किएका थिए भने १३ जना घाईते भएका थिए । त्यस लगत्तै ४.५ को अर्को परकम्प पनि गएको थियो ।

ठुलो भूकम्प पश्चात् परकम्पहरू जाने नियमित प्रक्रिया भएको केन्द्रले जनाएको छ । जाजरकोट भूकम्पमा परेर अहिलेसम्म १ सय ५३ जनाको मृत्यु भएको छ भने २ सयभन्दा बढी घाइते भएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*