प्रदेश सरकारले पाउने संवैधानिक अधिकारबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

निरन्तर न्यूज
२३ कार्तिक २०८०, बिहीबार १४:०५

काठमाडौं । मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखेर प्रधानमन्त्री पुष्पकमल दााल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए ।

उनले ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिए ।

प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोगलगायत सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मागहरु जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्री यादवले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*