नेपाल समाजवादी पार्टीद्वारा भूकम्प प्रभावितलाई १० लाख सहयोग

निरन्तर न्यूज
२७ कार्तिक २०८०, सोमबार १५:१४

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले जाजरकोट-रुकुमपश्चिमका भूकम्प प्रभावितलाई १० लाख रुपैयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत हस्तान्तरण गरेको छ ।

आइतबार बिहान अध्यक्ष भट्टराईको नेतृत्वमा प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।

भेटका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले भूकम्प प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाभन्दा बढी घाइते भएका छन् भने परिवार घरबासविहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु