नेसपा र माओवादी केन्द्रबीच एकताका लागि संयोजन समिति बनाउन सुझाव

निरन्तर न्यूज
३ मंसिर २०८०, आईतवार १६:२०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकताको विषयमा छलफल भएको छ । दुई दलको पार्टी एकता वार्ता समितिको आइतबारको बैठकले एकता संयोजन समिति बनाउन सुझाव दिएको छ ।

माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पार्टी एकताका लागि संयोजन समिति बनाउन सुझाव दिएको हो ।

उक्त समितिमार्फत दुई पार्टीको नाम, विधान, विचार, चुनाव चिह्नलगायतका विषयमा सहमति गर्न सुझाव बैठकले दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*