दुई जिल्लाका सिडिओको सरुवा

निरन्तर न्यूज
२७ पुष २०८०, शुक्रबार १४:३४

काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाई पठाइएको छ । उनी त्यहाँ मन्त्रालयको कन्ट्रोलमा कार्यरत थिए ।

त्यसैगरी बाराका प्रजिअ नवराज सापकोटालाई गृहमा तानेर केही दिनअघि मात्रै स्याङ्जाबाट मन्त्रालय आएका शशिधर घिमिरेलाई पठाइएको छ ।

लमजुङका प्रजिअको अवधि पुगिसकेको र बारामा अर्को खटाउनु पर्ने ‘आवश्यकता’ देखिएकोले सरुवा गरिएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

मन्त्रालयको कन्ट्रोल हेर्दै आएका उपसचिव अधिकारी प्रजिअ भई गएसँगै त्यहाँ मन्त्रालयमै कार्यरत वरिष्ठ उपसचिवलाई खटाउने तयारी भइरहेको छ । सम्भवतः आउँदो साता जिम्मेवारी दिइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*