जनमत पार्टीले मधेश सरकार छोड्यो, समर्थन पनि फिर्ता

निरन्तर न्यूज
१० माघ २०८०, बुधबार १९:०४

काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार राजीनामा दिएका हुन् ।मंगलबार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेसँगै त्यसको कार्यान्वयन गरेको हो ।

सरकारले जनमुखी काम नगरेको र आफूहरु मन्त्री भइसकेपछि बिना विभागीय मन्त्री बनाउने, जनमुखी काम गर्दा बाधा अड्चन गर्ने, मन्त्रालय बारम्बार फुटाउने र आफूहरुको मातहतका मन्त्रालयहरु एकल ढंगले चलाउने गरेको मन्त्री यादवले आरोप लगाए ।सरकारको एक वर्षे कार्यकालमा पनि जनताले सरकार भएको अनुभति गर्न नसकेको उनले बताए ।

आफूहरु जनताका काम गर्न आएकाले जनताका काम गर्न नदिएपछि सरकारमा बस्न नसकेको उनको भनाई छ ।

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । सँगै सरकारमा रहेपनि उपेन्द्र यादव र सीके राउतबीच केहीसमय यता फेरि तीक्तताब बढेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*