आज हेटौंडाका सामुदायिक विद्यालयमा शोक विदा

निरन्तर न्यूज
३ फाल्गुन २०८०, बिहीबार १३:४७

हेटौंडा। हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा शोक विदा दिइएको छ । गत सोमबार निधन भएका शिक्षक पद्म प्रसाद पौडेलको शोकमा आज बिहिबार विदा दिईएको हो । हेटौंडा ४ मा रहेको श्री आधुनिक माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पद्म प्रसाद पौडेलको सोमबार हुदयघातका कारण निधन भएको थियो।

उक्त शोकमा हेटौंडा भित्रका सामुदायिक विद्यालयमा शोक विदा दिएको हो। नेपाल शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी र सचिव अमित बन्जराले संयुक्त विज्ञप्ति जारी गर्दै शोक विदाको आव्हान गरेका हुन। शोक बिदा भएपनि हाल संचालन भइरहेको कक्षा १० को एसइइ तयारी परीक्षा भने यथावत् रहेको जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*