मकवानपुरको थाहानगरमा चितुवाको आक्रमणबाट श्रीमान, श्रीमती घाइते

निरन्तर न्यूज
३ फाल्गुन २०८०, बिहीबार १३:५९

हेटौंडा। मकवानपुरको थाहानगरमा चितुवाको आक्रमणमा परेर श्रीमान, श्रीमती घाइते भएका छन्।

बुधबार साँझ थाहानगर २ अंगारेटोलमा चितुवाको आक्रमणबाट स्थानीय ६६ बर्षका हेमन्त प्रसाद ढाकाल र निजको श्रीमती अन्दाजी ६० वर्षीया साबित्री ढकाल घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

दुईजनालाई आक्रमण गरेपछि स्थानियको प्रतिकार गर्दा भाग्ने क्रममा खोलाको ग्याबिन पर्खालमा ठोक्किएर चितुवाको ज्यान गएको जनाइएको छ। घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भईरहेको र चितुवाको सव डिभिजन वन कार्यालय पालुङको टोलीले कानुनी प्रकृया पुरा गरी मृत चितुवाको मुचुल्का उठाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*