उपेन्द्र यादवले दिए राजीनामा

निरन्तर न्यूज
३१ बैशाख २०८१, सोमबार ११:२७

काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यादवसहित राज्यमन्त्री दीपक कार्की समेतले राजीनामा बुझाएका हुन् ।

आइतबार बसेको जसपा नेपालको कार्यकारिणी समितिको आकस्मिक बैठकले सरकारबाट बाहिरिने निर्णय लिएको थियो । सोही अनुसार आज (सोमबार) उनीहरूले राजीनामा दिएका हुन् ।

आइतबार बिहान जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जानकारी गराएका थिए ।

सरकारमा सहभागी जसपा नेपाललाई विभाजन गर्दै अशोक राईले अघिल्लो हप्ता जसपा गठन गरेका थिए । आफ्नो दल विभाजित भए पनि यादवले सुरुवातमा सरकारमा सहभागी हुने निर्णय लिएका थिए । तर प्रधानमन्त्रीले नै सरकारबाट हटाउन चाहेको बुझेपछि उनले नयाँ निर्णय लिएका हुन् ।

राजीनामा पत्रमा यादवले ‘वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा’ राजीनामा दिन चाहेको उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*