महासचिब पोख्रेलद्वारा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन उद्घाटन

निरन्तर न्यूज
१८ जेष्ठ २०८१, शुक्रबार १८:१०

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन आजबाट हेटौंडामा सुरु भएको छ । अधिवेशनको एमालेका महासचिब शंकर पोख्रेलले उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, संघीय संसदका प्रमुख सचेतक महेश कुमार बर्तौला, एमाले केन्द्रीय सल्लाहकार बिभागका डोरमणि पौडेल, एमालेका केन्द्रीय नेता तथा मकवानपुर इन्चार्ज देवि ज्ञवाली, केन्द्रीय सदस्यहरु भारती पाठक, रामेश्वर राना लगायतकाको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एमालेका बागमती प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, अरु बिभीन्न पार्टी र संघसंस्थाका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो ।

अधिवेशनले नयाँ जिल्ला कमिटी समेत निर्माण गर्ने छ । करिब तीन दिन सम्ममा एमाले मकवानपुरले अधिवेशन सक्ने लक्ष राखेको छ । भोली बन्दसत्र र चुनाबका लागि उम्मेदवारी दर्ता लगायतका प्रक्रियाहरु हुने छ ।

अधिवेनका लागि बिभीन्न समितिहरु गठन गरिएको छ । कुल ७६९ जना अधिवेशन प्रतिनिधिले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरु चयन गर्ने एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले अधिवेशनमा जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित व्यक्तित्व, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता रहने एमाले मकवानपुरले जनाएको छ ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व समेत चयन गरिने भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*