राष्ट्रपति भेट्न जाँदै प्रधानमन्त्री प्रचण्ड

निरन्तर न्यूज
१९ असार २०८१, मंगलवार १२:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास जाँदैछन् ।

नेकपा (एमाले) र नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाएपछि उनी राष्ट्रपति पौडेललाई भेट्न जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले तत्कालै राजीनामा नदिने बरु संसद्‌को सामना गर्ने निर्णय लिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गएराति नयाँ सत्ता समीकरण प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सुरुको २ वर्ष ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व देउवाले गर्ने सहमति छ ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले भने पुन: यही गठबन्धन कायम गरेर देउवालाई प्रधानमन्त्री बनाउन प्रयास गर्नेछन् । प्रधानमन्त्री प्रचण्ड यसबारे नै कुराकानी गर्न शीतल निवास पुगेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु