गुरुप्रति सम्मान प्रकटगरी गुरु पूर्णिमा मनाइँदै

निरन्तर न्यूज
६ श्रावण २०८१, आईतवार ०९:४८

काठमाडौं । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा ।

आजका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरेर गुरु पूर्णिमा मनाउने गरिन्छ ।

आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन पनि हो । सनातन संस्कृति अनुसार गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा मनाउने गरिएको छ ।

वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो योगदान दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*