पार्टी कार्यालय डुबानमा परेपछि हाेटल बसेरामा एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक हनुमानथानस्थित होटल बसेरामा शुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक केहीबेर ढिलोगरी सुरु भएको हो।
बिहीबारको बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय हुने बताइएको छ। गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।
यसअघि एमालेले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमै गर्ने गरेको थियो। तर, च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि बिहीबारको बैठक होटल बसेरामा बोलाइएको हो।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले पार्टीका बैठकहरू सरकारी निवासमा नराख्ने सुझाव आएपछि होटल बसेरामा बैठक बोलाइएको बताएका छन्। उनले सरकारी निवासमा बैठक नराख्ने घोषणा पनि गरेका छन् ।