माओवादी धारबीचको ध्रुवीकरण अहिलेको वस्तुगत आवश्यकता : प्रकाण्ड

निरन्तर न्यूज
२२ श्रावण २०८१, मंगलवार ०९:०८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादी धारबीच ध्रुवीकरण सम्भव रहेको बताएका छन् ।

सोमबार एक कुराकानीमा  प्रवक्ता प्रकाण्डले “छरिएर रहेका माओवादी धारबीच ध्रुवीकरण सम्भव छ,” भने ।

उनले आफ्नो पार्टीको जोड त्यसमै रहेको प्रष्ट्याए । “माओवादी धारबीचको ध्रुवीकरण अहिलेको वस्तुगत आवश्यकता हो,” प्रवक्ता प्रकाण्डले भने, “र, त्यो जनता र इमान्दार नेता-कार्यकर्ताको चाहना पनि हो ।”

उनले माओवादी धारबीचको ध्रुवीकरण कम्युनिष्ट आन्दोलनको एकता हुने बताउँछन् ।

त्यसो त नेपाल कम्युनिष्ट पार्टीले विचार र मुद्दा मिल्ने दलहरूबीचको एकतालाई प्राथमिकतामा राख्ने निर्णय नै गरिसकेको छ । जसअनुरूप नेकपा (माओवादी केन्द्र) सँग चाँडै एकता हुनेसमेत बताइएको छ ।

माओवादीसँगको एकताका विविध पाटोमा काम भइरहेको उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*