देउवा निवास अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले गर्यो डिस्पोज

धनगढी । धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति शंकास्पद वस्तु फेला परेको थियो ।
एक झोलामा तार बेरिएको अवस्थामा भेटिएको शंकास्पद वस्तु आइतबार बिहान करिब ७ बजे सेनाको टोलीले डिस्पोज गरेको धनगढी प्रहरीले जनाएको छ।