आपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने: गृहमन्त्री लेखक

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार २०:२०

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि आपराधिक कार्यको अनुसन्धान मुख हेरेर नभई तथ्य र प्रमाण हेरेर गरिने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले कसैको पनि मुख नहेरिने बताए ।

‘कुनै पनि अपराधिक कार्यमा जो पनि अनुसन्धानको दायरामा आउँछ र आउनुपर्छ । कसैमाथि पनि काखापाखा हुदैँन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन ।’ गृहमन्त्री लेखकले भने, कुनै पनि अपराधिक कार्यको अनुसन्धान मुख होइन, तथ्य हेरेर र प्रमाण हेरेर गरिन्छ ।’

बैठकमा सहभागी अधिकांश सांसदले अख्तियार तथा प्रशासनिक निकायले अपराधमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्दा सत्तापक्ष र प्रतिपक्षको हिसाब-किताब गरेर गर्ने गरिएको आरोप लगाउँदै प्रश्न उठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*