आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने

निरन्तर न्यूज
९ मंसिर २०८१, आईतवार ११:२७

काठमाडौं । आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार अब प्रतिव्यक्ति २ सय रुपैयाँ लाग्नेछ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले भने ५० प्रतिशत छुट पाउने भएका छन् ।

यस्तै, सार्क राष्ट्रबाट आउने पर्यटकलाई ५ सय, त्यो बाहेककालाई १ हजार रुपैयाँ तोकिएको छ ।

पार्किङको पनि शुल्क लाग्ने

धरहरामा पार्किङ गर्दा आजदेखिचार पांग्रे गाडीका लागि प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेश मात्रै गर्नेहरूलाई भने ५० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा पाँच हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार शुल्क निर्धारण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*