माओवादीमा पूर्वउपराष्ट्रपति पुनलाई उत्पादन क्षेत्र हेर्ने जिम्मेवारी

निरन्तर न्यूज
२१ माघ २०८१, सोमबार १९:०१

काठमाडौ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई नेकपा माओवादी केन्द्रको कृषि र उत्पादन क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले तत्काल पद नदिएको तर, जिम्मेवारीका हिसाबले उत्पादन र कृषि क्षेत्रको जिम्मेवारी दिएको हो ।

माओवादी केन्द्रका एक पदाधिकारीले पासाङलाई पार्टीमा कुन तहको जिम्मेवारी दिने भन्ने विषयमा निर्णय नभइसकेको बताउँदै हाललाई उनको रुचीको क्षेत्र रहेकाले उत्पादनको जिम्मेवारी दिइएको जानकारी दिए ।

उनी हाल पार्टीका बैठकहरूमा उपाध्यक्षको हैसियतमा सहभागी भइरहेका छन् ।

२०७२ कार्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका उनी दोस्रो कार्यकाल दोहोरिएर २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएका थिए । त्यसपछि निस्क्रिय रहेका उनी गत पुसमा बसेको माओवादी केन्द्रीय समिति बैठकभन्दा यता निरन्तर उपस्थित भइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु