ॐ वृद्धाश्रमलाई ह्वील चेयर तथा बेड सहयाेग

हेटौंडा/जेसीआई हेटौंडाको आयोजनामा हेटौंडा वडा नं. २ स्थित चौकिटोलमा रहेको ॐ वृद्धाश्रमलाई ह्वील चेयर तथा बेड हस्तान्तरण गरिएको छ।
जेसी योगेश बानियाँको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बानियाँको अध्यक्षता रहेको थियो भने हेटौंडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी, नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेशलाल श्रेष्ठ विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा ॐ वृद्धाश्रमका अध्यक्ष सिद्दिलाल श्रेष्ठ, संरक्षक बुद्धिप्रसाद पौडेल, जेसीआई हेटौंडा वर्ष १९९१ का शाखा अध्यक्ष तथा नेपाल जेसीज १९९८ का राष्ट्रिय कानुनी सल्लाहकार गणेश कुमार श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।
जेसीआई हेटौंडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी विश्व प्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनु भएको थियो। त्यसपछि प्रमुख अतिथि बिष्णु गोपाल महर्जन, अध्यक्ष पंकज दास बानियाँ, राष्ट्रिय महासचिव विकेशलाल श्रेष्ठ लगायतका पदाधिकारीहरूले वृद्धाश्रमका पदाधिकारीहरूलाई ह्वील चेयर तथा बेड हस्तान्तरण गर्नुभएको थियो।
पूर्व अध्यक्ष गणेश कुमार श्रेष्ठ, वृद्धाश्रमका अध्यक्ष सिद्दिलाल श्रेष्ठ, विशिष्ट अतिथि सिनेटर विकेशलाल श्रेष्ठ र प्रमुख अतिथि बिष्णु गोपाल महर्जनले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा जेसीआई हेटौंडा वर्ष २०२५ का शाखा अध्यक्ष जेसी पंकज दास बानियाँले प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन महासचिव संजय कुमार न्यौपानेले गर्नुभएको थियो।