झरनाको आयोजनामा बकैया कला साहित्य महोत्सव सुरु

निरन्तर न्यूज
१६ फाल्गुन २०८१, शुक्रबार २१:१३

हेटाैँडा । झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शुक्रबारबाट बकैया कला साहित्य महोत्सव सुरु भएको छ। झरनाकाे ३२ औ वार्षिकोत्सव तथा ३१३ औं साहित्य श्रृङ्खलाका अवसरमा बकैया गाउँपालिका- ५ कर्मचुलीस्थित कर्म प्राप्ति माध्यमिक विद्यालयमा छैटौं महाेत्सव सुरु भएकाे हाे ।

महाेत्सवकाे पहिलाे दिन बकैयाका विभिन्न विद्यालयका विद्यार्थीहरूको बीच कविता प्रतियोगिता, गायन तथा नृत्य प्रस्तुति, चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरू समावेश भएका थिए । महाेत्सव उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले झरना साहित्यिक परिवारलाई आफूहरूले सधैँ नजिकबाट हेरिरहेको र यसको उन्नति-प्रगति चाहेको बताए ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रा. डा. कपिल लामिछानेले महाेत्सवबाट आफू धेरै प्रभावित भएको बताए । आजको कार्यक्रम उत्साहजनक भएको उनकाे भनाइ थियो। दुई दिने बकैया कला साहित्य महोत्सव अन्तर्गत शनिबार भाेली स्रष्टा सम्मान, पत्रिका विमोचन, विभिन्न विधागत रचनावाचन, पालिका अध्यक्षसँग अन्तर्क्रिया तथा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू रहने झरनाका सचिव मसान उपासकले जानकारी दिए ।

झरनाले २०७६ सालबाट बकैया कला महोत्सव गर्दै आएकाे छ । हालसम्म झरनाले पाँचवटा बकैया कला साहित्य महाेत्सव, ३१२ वटा साहित्य शृङ्खला, ४३ औँ झरना साहित्यिक अर्धवार्षिक पत्रिका प्रकाशन, ८० वटा भन्दा बढि विद्यालयमा काव्य प्रशिक्षण, सय भन्दाबढी साहित्यकारलाई सम्मानित गरिसकेको उनले जानकारी दिए । हाल संस्थाको २ कठ्ठा जग्गा रहेकाे तथा भवन निर्माणकाे प्रक्रिया गरिएकाे बताइएकाे छ ।

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख अतिथ्यता तथा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर कपिल लामिछानेको विशिष्ट अतिथ्यतामा सुरु महाेत्सवमा बकैया वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी जिम्बा, वडा नम्बर ६ का वडाध्यक्ष फुलमान भाेम्जन, कार्यपालिका सदस्यहरू लक्ष्मी माझी तथा लोकेन्द्र माझी, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय लगायतकाे उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*