राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

निरन्तर न्यूज
२६ फाल्गुन २०८१, सोमबार २१:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर सोमवार जरिवाना वापतको रकम बुझाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*