आज बागमती प्रदेश सरकारले बजेट प्रस्तुत गर्दै

हेटौँडा । बागमती प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छन् ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने हुनु भएको हो ।
नेपालको संविधानले असार १ गते सातै प्रदेशका सरकारले आ–आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारले प्रदेश सभाको भोलि दिउँसो ३ बजे बस्ने बैठकमा बजेट प्रस्तुत हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेकोले प्रदेश सभाका सदस्यहरुलाई २ः३० बजे औपचारिक पोशाकमा आउन आग्रह गर्नुभएको छ ।
यस्तै अन्य छ वटा प्रदेशमा पनि आइतबार नै फरक समयमा प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।