बागमती सरकारले आज साँझ बजेट प्रस्तुत गर्ने

हेटाैँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने समय संसाेधन गरिएकाे छ ।
यसअघि आज असार १ गते ३ बजे बजेट सार्वजनिक गर्ने समय तालिका बनाइएकाे भएपनि बजेट निर्माण प्रक्रियामा दलहरू बिच समस्या देखिए पछि बजेट प्रस्तुत गर्ने समय संशोधन गरि साँझ ६ बजेर ३० मिनेटकाे समय ताेकिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । सचिवालयले सूचना जारी गरि प्रदेश सभा नियमावली २०७४ काे नियम ६ काे उपनियम ३ बमाेजिम सभामुख भुवन कुमार पाठकले निर्धारण गरेकाे जारी सूचनामा उल्लेख छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्ने छन् ।
सरकारसँग बजेकुल ६४ अर्बकाे बजेट ल्याउने बारे सबै दलहरुसँग छलफल भएकाे भएता पनि सरकारले प्रतिपक्षी दलहरुकाे छलफललाई वेवास्ता गरि ६८ देखि ७२ अर्बकाे सम्मकाे बजेट ल्याउन लागेकाेमा हाम्राे असहमति रहेकाे एकजना प्रदेश सभा सदस्यले जानकारी दिए ।
अब बजेट स्विकृत गर्नकाे लागि साँझ ५ : ३० मा मन्त्रिपरिषद्को बैठक डाकिएकाे मुख्यमन्त्रीको सचिवालयले जनाएकाे छ ।