राप्रपाका मिश्र र राणा धराैटिमा रिहा

निरन्तर न्यूज
४ असार २०८२, बुधबार १०:०१

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको छ। मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि जेठ ११ गते सरकारी वकिलको कार्यालय काठमाडौंले मिश्रसहित ६१ जनाविरूद्ध राज्यविरूद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा मुद्दा दायर भएको थियो।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदालतले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु