दोस्रो संस्करणको एनपीएल अक्सनका लागि खेलाडी दर्ता खुला

निरन्तर न्यूज
२९ असार २०८२, आईतवार १२:२६

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि खेलाडी दर्ता खुला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै खेलाडी दर्ता खुला भएको जानकारी दिएको हो । साउन ६ गतेसम्म दर्ता खुला रहने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन्  ।

खेलाडीले आफ्नो इच्छाअनुसार ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा आफ्नो नाम दर्ता गराउने सक्ने क्यानले जनाएको छ  । पहिलो संस्करणबाट रिलिज भएका वा एनपीएलमा सहभागी हुन चाहने नेपाली खेलाडीले https://npl-t20.com/registration मा गएर नाम दर्ता गर्न सक्नेछन् । दर्ता शुल्क एक हजार कायम गरिएको छ ।

npl_open.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*