रौतहटमा रुवी हत्याका आरोपित पासवानको मृत्यु

निरन्तर न्यूज
१२ भाद्र २०८२, बिहीबार १५:१६

काठमाडौं। रौतहटमा रुवी हत्याका आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएको छ।

२६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी पासवानको बुधबार बिहान माधवनारायण नगरपालिका-६ माधवपुरमा जलेको अवस्थामा फेला परेका थिए। उनको काठमाडौंको किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताएका छन् ।

उनलाई जलेको अवस्थामा बुधबार फेलापारी थप उपचारका लागि काठमाडौं ल्याएको थियो। गौर नगरपालिका-२ मा डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेसभित्र राखिएको अवस्थामा गौर-९ मुडवालबा मोड नजिक फेला परेपछि शव लैजान प्रयोग भएको मयूरी र चालकलाई पक्राउ गरेपछि अनुसन्धान मृतक पासवान प्रति मोडिएको थियो ।

घटना अगाडी पासवानले आफुले रुवीको हत्या गरेको भिडियो मार्फत स्वीकार गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*