वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैँकको रक्तदान कार्यक्रम

निरन्तर न्यूज
४ माघ २०८२, शनिबार ०७:५७

काठमाडौं- ग्लोबल आइएमई बैंकले १९ औँ वार्षिकोत्सवको अवसरमा देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्ना घोषित १९ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ जना रक्तदाताले रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको उपचारका लागि प्राथमिकताका साथ वितरण गरिने बैंकले जनाएको छ।

कोशी प्रदेशको तीनपैनी, मधेशको बर्दिवास, बाग्मतीको कान्तिपथ र नारायणगढ, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो बैंक ग्लोबल आइएमईले हालै ुबेष्ट बैंक नेपाल २०२५ र युरो मनी अवार्डु जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ। बैंकले देशभरका एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*