सुनकाे भाउ बढेर राख्यो नयाँ रेकर्ड

निरन्तर न्यूज
१२ माघ २०८२, आईतवार १४:३६

काठमाण्डाैँ । आइतबार पनि सुनको भाउ बढेर नयाँ रेकर्ड राखेको छ । शुक्रबार ९ हजारले बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आजपनि तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ३ लाख १ हजार ४०० मा करोबार भएको सुन आज ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा २९० रुपैयाँले बढेर ६४८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*