लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेकपामा प्रवेश

निरन्तर न्यूज
१२ माघ २०८२, आईतवार १४:४२

काठमाडौं । लेखक, नागरिक अगुवा तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा पुगेर उनलाई सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरूले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रचण्डले पाठकको प्रवेशले खुसी र गर्व महसुस भएको बताए भने नेपालले उनको उपस्थिति सशक्त हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा बेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठलगायत नेता उपस्थित थिए ।

पाठकको नागरिकतामा नाम दीपककुमार पाठक हो । उनका ‘उर्गेनको घोडा’ र ‘मांगेना’ पुस्तक चर्चित छन् । अघिल्लो निर्वाचनमा झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिँदै केपी शर्मा ओलीविरुद्ध लडेका उनले ३५६ मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*