जेसिजको राष्ट्रिय अध्यक्षमा खनालको उम्मेदवारी

निरन्तर न्यूज
७ कार्तिक २०७६, बिहीबार ०६:४८

चितवन । नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा चितवनका युवा अरुणेश्वर खनालले उम्मेदवारी घोषणा गरेका छन् । नेपाल जेसिजको सचिवालयमा उनले सन् २०२० को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरिसकेको जनाए ।

बुधबार भरतपुरमा बीसहजार जेसिजले गरेको पत्रकार सम्मेलनमा खनालले आफ्नो उमेदवारीबारे जानकारी गराएका थिए । यही ९ पुसबाट रत्ननगर जेसिजको आतिथ्यतामा पूर्वी चितवनमा राष्ट्रिय महाधिवेशनका हुँदैछ । यसअघि नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्ष, राष्ट्रिय महासचिव, राष्ट्रिय उपाध्यक्ष भएर काम गरिसकेका खनाल चितवनको बीसहजार जेसिजको पूर्वअध्यक्ष हुन् । अंग्रेजीमा स्नातकोत्तर खनाल बीसहजार जेसिजको वर्ष २०१० का अध्यक्ष हुन् ।

यसअघि चितवनबाट दिनेश कोइराला र महेश दाहाल जेसिजको राष्ट्रिय अध्यक्ष भइसकेका छन् । देशभर जेसिजका एक सय ४९ शाखा छन् । हरेक शाखाबाट ११ जना प्रतिनिधि महाधिवेशनमा सहभागी भएर मतदान गर्न पाउने व्यवस्था छ । यसबाहेक सदस्य संख्याका आधारमा अध्यक्षले प्राप्त गर्ने अतिरिक्त मताधिकार (स्ट्रेन्थ भोट) एक सय ९० गरी महाधिवेशनमा कूल १८ सय २८ मतदाता रहने छन् । पत्रकार सम्मेलनमा बीसहजार जेसिज वर्ष २०१९ का अध्यक्ष सन्तोष मजाकोटीले राष्ट्रिय अध्यक्षमा खनाललाई जिताउन आग्रह गरे । नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु