तरुण दलकाे आयाेजनामा साँस्कृतिक कार्यक्रम

निरन्तर न्यूज
८ कार्तिक २०७६, शुक्रबार ०८:२१

हेटौंडा । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका १८  ले तिहार तथा छठ पर्वको अवसरमा बिहीबार बृहत साँस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।

तरुण दल हेटौंडा १८ का अध्यक्ष अरुण केसीको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा बृहत् सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता भएको हो ।

हेटौंडा १८ नम्बर वडाका ११ स्थानका युवायुवतीबीच भएको नृत्य प्रतियोगितामा विनिसा लामा प्रथम, अशोक लामा र रोशन लामा द्वितीय तथा करुणा अधिकारी र सजिना ठाडामगर तृतीय भएका थिए । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, नगर सभापति आनन्दराम पराजुली, साविक २३ नम्बर सभापति पुरुषोत्तम अधिकारी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, १८ नम्बर तरुण सदस्य मनोज पण्डित लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी बेधनाथ अधिकारी, गोमा अधिकारीसहित २३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु