प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

निरन्तर न्यूज
२१ कार्तिक २०७६, बिहीबार १३:२६

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीको गएको बिहीबारयता डायलासिस गर्नु परेको छैन ।

निजी चिकित्सक डा। दीलिप शर्मामा अनुसार प्रधानमन्त्री ओलीको फोक्सोमा जमेको पानी पनि घटेको छ । डा। शर्माका अनुसार प्रधानमन्त्री ओली फुर्तिलो हुँदै गएका छन् भने उनले दैनिक कामकाज सम्हाल्न थालेका छन्

यस्तै खानामा पनि रुची हुँदै गएको छ । स्वास्थ्य रिपोर्टमा क्रेटिनाइनको मात्रा पनि ‘स्टेलब’ देखिएकाले ओलीको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख भन्न सकिने डा। शर्माले बताएका छन् ।

डाक्टरहरुबिच प्रधानमन्त्री ओलीको भावी उपचारका सम्बन्धमा छलफल भने जारी छ । विदेशी विशेषज्ञको परामर्श लिनका लागि प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा। दीव्या सिंह शाह अहिले अमेरिका गएकी छन् ।

डा। शाहले अमेरिका विशेषज्ञ डाक्टरसँग प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र भावी उपचारका सम्बन्धमा परामर्श गर्ने छिन् । यस्तै भारतका डाक्टरसँग पनि परामर्श भइरहेको जनाइएको छ ।

ओलीको भारतमै मिर्गौला प्रत्यारोपण गरिएको थियो । अमेरिका वा भारतमा जहाँ उपयुक्त हुन्छ त्यहिँ नै ओलीको भावी उपचार गर्ने तयारी भइरहेको छ । श्रोत देश सञ्चार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*