पूर्व सहायकमन्त्री तथा प्रतिष्ठित व्यापारी रुप ज्योती पक्राउ

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार ११:१८

काठमाडौं । विहिवार मात्र पूर्व-अर्थराज्यमन्त्री सहायक मन्त्री रुप ज्योतीलाई सिङ्गापुरबाट नेपाल आउदै गर्दा काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै ल्यान्ड्मार्क डेभलपर्स प्रा.लि को नाउमा हाउजिङ्ग बनाउने भन्दै करोडौं ठगी गरेको आरोपमा आइजीपीको ठाडो आदेशमा पक्राउ गरेको हो ।
प्रतिष्ठित व्यापारिक घराना ज्योती ग्रुपका सदस्य रुपज्योतीलाई प्रहरीले पक्राउ गरेको छ। रुपज्योतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार सिङ्गापुरबाट सिल्क एयरमा आएका रुपज्योतीलाई ओर्लनासाथ पक्राउ गरिएको हो। उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ । उनी पूर्वअर्थ सहायकमन्त्री समेत हुन्।
यसअघि पुर्ब सभामुख कृष्णबहादुर महरा दिल्ली बजार जेल चलान गरिएको छ । भने पूर्वमन्त्री अफ्ताब आलमलाई १२ बर्ष अघि नै इटाभटट्टामा दर्जनौ मानिसलाई जिउदै हालेर जलाएको अपराध मा जेल जाने तरखर मा छ्न।
यसरी एकपछि अर्को गर्दै भिआइपी अपराध कर्म मा रमाएकाहरु जेल पर्नु ले सर्बत्र आइजीपी खनालको वाही(वाही चुलिदो छ भने सरकारको बिस्वस्नियता समेत मजबुत हुँदै गैरहेको छ।
तसर्थ भन्नै पर्छ नेपाल मा सुशासनको सुरुवात भएको छ, कानुनी राज्य स्थापित हुदैछ, कानुन सबैको लागि समान हुदै गरेको कुरा जनता बिस्वस्त हुँदै गरेको देखिएको छ।
यी याबत कुरा को जस को भागिदार यदि कोहि हो भने अपराधी को कुनै पद र ओहोदा हुदैन भन्ने प्रधानमन्त्री केपी ओली र हिम्मत का साथ पक्राउ गर्न खुट्टा नकमाउने आइजीपी सर्बेन्द्रनै हुन।
अहिले सरकारले अपराधीलाई बचाउछ र त्यही कुरा प्रहरी ले तामेल गर्छ भनेर गित गाउनेहरुलाइ ठुला ओहोदा का ब्यक्तिहरु भटाभट समातिनुले गतिलो जबाफ फर्काएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*