मकवानपुरमा गाँजाखेती फँडानी

निरन्तर न्यूज
२२ कार्तिक २०७६, शुक्रबार १२:३३

हेटौँडा । प्रहरीले गाँजाखेती फँडानी अभियानलाई पुनः निरन्तरता दिएको छ।
यस वर्ष गाँजाको ब्याडदेखि नै गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।
प्रहरीले बिहीबार ७० कठ्ठाभन्दा बढी गाँजाखेती नष्ट गरेको हो। प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराई, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठलगायतको टालीले राक्सिराङ्ग पुगेर गाँजाखेती नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरी, सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणलगायत कार्यालयबाट गएको ८१ जनाको टोलीले गाँजाखेती नष्ट थालेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*